कारोबार


अमेरिकी नागरिकको लगानीमा तारकेश्वरमा सुविधा सम्पन्न होटल खुल्दै

अमेरिकी नागरिकको लगानीमा तारकेश्वरमा सुविधा सम्पन्न होटल खुल्दै

नेपालखबर
माघ ८, २०७६ बुधबार १२:१०,

अमेरिकन नागरिक केभिन इरा हान र नेपाली नागरिक आत्माराम फुयाँलले काठमाडौंमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गरेका छन्। ११ करोड लगानीमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ उक्त होटल सञ्चालन गर्न लागेका हुन्।

नेपाली नागरिकको ५१ प्रतिशत लगानी सेयर रहने र अमेरीकन नागरिकको ४९ प्रतिशत सेयर लगानी हुने गरि होटल सञ्चालनको तयारी भएको हो।

उक्त होटलको कुल पुँजी ११ करोड रुपैयाँ मध्ये स्थिर १० करोड ५० लाख र चालू पुँजी ५० लाख रुपैयाँ हुने बताइएको छ। होटल र रेष्टुरेन्ट दुबै सुविधा प्रदान गर्ने उद्देश्यकले होटल सञ्चालनको तयारी भैरहेको जनाइएको छ। होटलमा ४० वटा रुम रहने छन् भने ५० सिट क्षमताको रेष्टुरेन्ट रहने छ।

तर होटलले कयासिनो भने सञ्चालन गर्न पाउने छैन। यो होटल पाँच तारे होटलको रुपमा भने सञ्चालन हुन लागेको होइन। सुविधा सम्पन्न होटल रहने तर उक्त होटल निर्माण पछि सरकारी मुल्याङ्कनमा तीन तारे होटलको मान्यताको लागि अपिल गर्ने जनाएको छ।

केभिन इरा हान र आत्माराम फुयाँलले हाल पर्यटनमुलक उद्योगको रुपमा दर्ताको प्रक्रिया अघि बढाइसकेका छन्। उनीहरुले उद्योग दर्ताको लागि पनि होटल तथा रेष्टुरेन्ट मात्रै सञ्चालन गर्ने उदेश्य राखेका हुन्।

त्यसको लागि उद्योग विभागले पनि उद्योग सञ्चालन गर्दा विदेशी कामदार ल्याउन नपाउने, उद्देश्व विपरित गएर काम गर्न नपाउने, वातावरणीय प्रभाव मुल्याङ्कनको कुराहरु समेत स्पष्ट आउनुपर्ने सर्त राखेर दर्ताको प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .