खेल


सन्दीपको टोलीको तेस्रो हार

सन्दीपको टोलीको तेस्रो हार

नेपालखबर
माघ ८, २०७६ बुधबार १२:१६,

अष्ट्रेलियामा जारी बीग बास क्रिकेटमा सन्दीप लामिछाने सम्मिलीत टोली मेलवर्न स्टार्सले तेस्रो हार भोगेको छ। एडिलेडले मेलवर्नलाई घरेलु मैदानमा ११ रनको झिनो अन्तरमा पराजित ग¥यो। टि–ट्वान्टीमा ९८ विकेट लिइसकेका सन्दीपले सय विकेट लिन अर्को खेल पर्खनुपर्ने भएको छ। आजको खेलमा कुनै विकेट लिन नसकेका सन्दीप सयौ विकेट लिनबाट चुके। 

सन्दीपले सय विकेट पुरा गर्न अब अर्को खेल पर्खनु पर्ने भएको छ। १० औं ओभरमा बलिङ गर्न आएका सन्दीपले ३ ओभरमा २४ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। एडिलेडले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको मेलर्वन स्टार्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सक्यो। मेलवर्नका पिटर ह्याण्ड्सकोम्बले ६५ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेनन्।

अष्ट्रेलियामा जारी बिग बास लिगमा एडिलेडले दिएको नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ। एडिलेडका पिटर सिडलले सर्वाधिक ४ विकेट लिए। पहिले ब्याटिङ गरेको एडिलेड स्टार्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रनको योगफल तयार पारेको थियो।

एडिलेडका जोनाथन वेल्सले ३६ बलमा ४ चौका र २ छक्का सहित ५५ रनमा अविजित रहँदै टोलीलाई बलियो योगफलमा पुर्याए । एलेक्स करिले २१ बलमा १ चौका र ३ छक्का सहित ३३ रनको योगदान दिए। म्याथ्यू सर्टले १५ बलमा १ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे।

मेलबर्न स्टार्सका क्लिन्ट हिन्चलिफले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। ग्लेन म्याक्सवेलको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .