कारोबार


पाँच देशमा सम्पर्क कार्यालय खोल्न प्रभु बैंकले स्वीकृति पायो

पाँच देशमा सम्पर्क कार्यालय खोल्न प्रभु बैंकले स्वीकृति पायो

नेपालखबर
असार १३, २०७६ शुक्रबार ८:१०,

प्रभु बैंक लिमिटेडले विभिन्न पाँच देशमा आफ्नो सम्पर्क कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ। बैंकले अष्ट्रेलियाको, सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट सहरमा आप्mनो सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न अनुमति पाएको हो।

राष्ट्र बैंकले प्रभुलाई सैद्धान्तिक सहमति दिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधीनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लिखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क÷प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्नेछ।

प्रभु बैंको देशभर १ सय ८६ शाखा कार्यालय, १ सय ३९ एटीएम तथा २३ वटा एक्सटेन्सन काउन्टर कार्यालय रहेका छन् भने कुल ग्राहक संख्या १२ लाखभन्दा बढी रहेको बैंकले जनाएको छ।

विदेशस्थित पाँच वटा सम्पर्क÷प्रतिनिधि कार्यालयहरु सञ्चालनमा आएपश्चात् प्रभु बैंकको सञ्जाल विदेशमा पनि विस्तार हुने र यसले अन्तर्राष्ट्रिय व्यापारमा टेवा पुग्ने सीईओ शेरचनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad