ad ad

कारोबार


पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कतिमा पाइन्छ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कतिमा पाइन्छ?

नेपालखबर
असार १८, २०८० सोमबार २१:०, काठमाडौँ

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलमा मूल्य घटाएको हो। 

पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको निगमले जनाएको छ।

त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

पहिलो वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल पर्दछन्।

अब पेट्रोल १६७ देखि १७० रुपैयाँसम्म पाइने छ। त्यस्तै, डिजेल १४७ देखि १५० सम्ममा पाइनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .