ad ad

कारोबार


झन्डै ३ प्रतिशतले घट्यो सेयर बजार

झन्डै ३ प्रतिशतले घट्यो सेयर बजार

नेपालखबर
जेठ १६, २०८० मंगलबार १५:४५, काठमाडौँ

मंगलबार सेयरबजार झन्डै ३ प्रतिशतले घटेको छ। बजार २.७४ प्रतिशतले घटेर १९ विन्दु तल झरेको हो। आज ५३.१६ अंकले घटेको बजार १८८८.६१ विन्दुमा झरेको छ ।

आगामी वर्षको बजेटमा लगानीकर्ताका माग सम्बोधन नहुँदा आज बजारमा उच्च अंकले घटेको जानकार बताउँछन्।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट अपेक्षा गरेका लगानीकर्तालाई अहिले बजेटलले समेत निराश पारेको लगानीकर्ताको गुनासो छ।

यसअघि प्राथमिकता आएका कुरा बजेटले सम्बोधन गर्दा लगानीकर्तामा थप निरासा बढेको देखिन्छ।

१८ वर्षदेखि निरन्तर गैरआवासी नेपालीलाई भित्राउने कुरा आगामी वर्षको बजेटमा समिटिएको छ। यता कमोडिटी बजार र एसएमई प्लेट फर्मलाई संचालनमा ल्याइने कुरा राम्रो रहेको जानकार बताउँछन्।

सेयर कर्जाको सिमा लगाइएको १२ करोडको क्याव, क्यापिटल गेन ट्याक्स, जोखिम भार लगायतका माग सम्बोधन नगरिएको लगानीकर्ताको गुनासो छ।

बजेटले लगानीकर्तामा माग सम्बोधन नगर्दा उनीहरुमा निराशा छाएर आज बजार उच्च अंकको गिरावट आएको जानकारको भनाई छ।

आज उच्च अंकले घटेको बजारमा २ अर्ब ३४ करोडको कारोबार भएको छ।

आज कारोबारमा आएका २७५ कम्पनीको ७० लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३४ करोडको कारोबार भएको छ।

सर्वाधिक सेयरमूल्य बढेका कम्पनी
आज कारोबारमा आएका मध्ये ९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ। आज आत्मानिर्भर लघुवित्तको सर्वाधिक १० प्रतिशतले सेयरमूल्य बढेको छ। त्यसैगरी हालै आईपीओ जारी गरेको विपीडब्लु लघुवित्तको प्रतिकित्ता सेयरमूल्य ९.९८ प्रतिशत र जोशि हाइड्रोपावरको ३.९४ प्रतिशले सेयरमूल्य बढेको छ।

सर्वाधिक कारोबार भएका कम्पनी
आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको २१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी नेपाल लाइफइन्स्योरेन्सको १० करोड, चिलिमे हाइड्रोपावरको ७ करोड र निफ्राको ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .