ad ad

राजनीति


प्रधानमन्त्रीको भारत भ्रमण : कुन-कुन विषयमा हुँदैछ छलफल र सम्झौता?

प्रधानमन्त्रीको भारत भ्रमण : कुन-कुन विषयमा हुँदैछ छलफल र सम्झौता?

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद। तस्बिर : केशव साउद


नेपालखबर
जेठ १६, २०८० मंगलबार १५:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा वैकल्पिक सीमा नाकाको सम्भाव्यताका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा जानकारी गराएका हुन्। 

जसमा महेन्द्रनगर, भ्ररहवा र नेपालगञ्जमा सम्भाव्यता अध्ययन भइरहेको हो। ‘सीमा नाका व्यस्त भएकाले वैकल्पिक नाकाको लागि सम्भाव्यताको विषयमा छलफल भइरहेको छ,’ मन्त्री साउदले भने। 

प्रधानमन्त्री प्रचण्डसहितको उच्चस्तरीय टोली मंगलबार राति भारत भ्रमणका लागि प्रवेश गर्दैछन्। 

प्रधानमन्त्री भएपछिको पहिलो भारत भ्रमण भएकाले सम्बन्ध थप बलियो हुनसक्ने मन्त्री साउदले बताए। 

भारतीय लगानी नेपालको हाइड्रोमा बढाउने, विद्युत व्यापारको मार्ग सिर्जना गर्ने, बंगलादेश सँग व्यापार गर्न आधार तयार गर्ने लगायतका विषयमा छलफल गर्ने तयारी रहेको मन्त्री साउदले जानकारी गराए।

साथै, चीनसँग हुने व्यापारका लागि हिन्द प्रशान्त महासागरमार्फत हुने सन्धी सम्झौता पनि गरिने तयारी रहेको उनले बताए। ‘चीनसँग हुने व्यापार हिन्द पशान्त महासागरमार्फत हुने सन्धी गरिने छ,’ मन्त्री साउदले भने।

कृषि उत्पादनलाई नन रेसिप्रोकल बेसिसमा भारतीय बजारमा पुर्याउने तयारी रहेकोमन्त्री साउदले बताए। 

‘नेपाल भारत ट्रेड ट्रिटी अध्यावधिक गर्ने विषयमा पछि छलफल हुनेछ,’ मन्त्री साउदले भ्रमणको जानकारी गराउँदै भने, ‘कुल व्यापारको दुई तिहाई व्यापार भारतसँग हुन्छ।’

सुदूरपश्चिम र उत्तराखण्डमा पुुल निर्माणको विषयलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफलको विषय रहने  छ। 

भारतीय लाइन अफ क्रेडिटका आधारमा ट्रान्समिसन लाइन बढाएर विद्युत व्यापार बढाउने तयारी रहेको परराष्ट्रमन्त्री साउदले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .