साताको अन्तिक कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अंकले बढेको छ।
बिहीबार १२.७३ अंकले बढेको नेप्से परिसूचक १८६९.७३ विन्दुमा पुगेको छ।
बढेको बजारमा ७३ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा नेप्सेसँगै कारोबार रकम बढेको छ।
बुधबार नेप्सेमा ६१ अर्बको कारोबार भएको थियो।
आज नेप्सेमा लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.१६ प्रतिशतले बढेको छ। त्यसैगरी आज शिवम सिमेन्टको सर्वाधिक २ करोड २१ लाखको कारोबार भएको छ।
18
Shares

प्रतिक्रिया