ad ad

राजनीति


नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

तस्बिर : राष्ट्रपतिको कार्यालय


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १५:५८, काठमाडौँ

बुधबार नियुक्त भएका ३ जना संघीय सरकारका मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।

नवनियुक्त मन्त्रीहरूलाई बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्। 

बुधबार राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा कांग्रेस सांसदहरू धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्री दाहालले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

प्रचण्ड नेृतत्वको सरकारमा अझै वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालयमा मन्त्री पद रिक्त छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .