साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल टेलिकमको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।
कारोबारको सुरुवाती समयमै कम्पनीको सेयरमूल्यमा लगानीकर्ताको आकर्षण बढेको हो।
यस दिन १ बजेको अवधिमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।
यतिबेला कम्पनीको सर्वाधिक १ करोड ४४ लाखको सेयर कारोबार भएको छ।
बिक्रेताको तुलनामा कम्पनीको सेयर खरिदकर्ता उच्च हुँदा सेयरमूल्य समेत बढेको छ।
यतिबेला कम्पनीको ३३ हजार ७०३ कित्ताको खरिद माग हुँदा ५ हजार २४६ कित्ता बिक्री आदेश रहेको छ।
45
Shares

प्रतिक्रिया