ad ad

राजनीति


उपेन्द्र यादवले लिए सांसद पदको शपथ

उपेन्द्र यादवले लिए सांसद पदको शपथ

सांसद पदको शथप लिँदै उपेन्द्र यादव। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १३:४७, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ लिएका छन्। 

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट विजयी उनलाई सभामुख देवराज घिमिरेले मंगलबार सिंहदरबारमा सांसद पदको शपथ दिलाएका हुन्। 

चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले यसअघि वैशाख १५ गते नै शपथ लिइसकेका छन्। 

उपेन्द्र यादव यसअघि गत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ को प्रतिस्पर्धामा जनमत पार्टीका अध्ययक्ष डा. सीके राउतसँग पराजित भएका थिए।

तर मंसि ४ मै बारा २ बाट जसपाबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि उपेन्द्र बारामा सरेका थिए। उनले त्यहाँ जनमतका शिवचन्द्र कुशवाहालाई ५ हजारबढी मतले पराजित गरेर सांसद यात्रा तय गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .