ad ad

कला


आयुष भन्छन्ः सलमानलाई भान्जी उपहार दिनु पूर्व योजना थियो

आयुष भन्छन्ः सलमानलाई भान्जी उपहार दिनु पूर्व योजना थियो

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:१९,

उनले आफ्ना करोडौं फ्यानबाट शुभकामना पाए। धेरैले उपहार पठाए। तीमध्ये सबैभन्दा बहुमूल्य उपहार उनलाई आफ्नै बहिनीले दिए।

अर्पिता खान शर्माले सलमानकै जन्मदिनमा छोरी जन्माइन्। जन्मदिनमै भान्जी उपहार पाएको भन्दै सलमान खान निकै खुशी भएका थिए।

सलमानले आफू निकै खुशी भएको बताउँदै ट्वीटरमै बहिनी ज्वाईलाई शुभकामना दिए।

सलमानकी बहिनी अपिर्ताले कलाकार आयुष शर्मासँग सन् २०१४ मा विवाह गरेकी थिइन्। अहिले जन्मिएको छोरी आयात उनीहरुको दोस्रो सन्तान हो।

Image result for salman and arpita

आयुषका अनुसार सलमान खानलाई भान्जी उपहार दिने विषय पूर्व योजना थियो।

डिसेम्बरको अन्तिम हप्ता र जनवरीको पहिलो हप्तामा अर्पिताले बच्चा जन्माउने समय रहेको डाक्टरहरुले बताएका थिए। सलमान खानको जन्मदिन डिसेम्बर २७ मा थियो।

आयुष भन्छन्,‘सलमानले हामीलाई जन्मदिनमा उपहार सन्तान जन्माएर दिन भनेका थिए। हामीले पनि सोही दिन बच्चा जन्मियोस् भन्ने चाहिरहेका थियौं। संयोग पूर्व योजना अनुसार हामी सलमानलाई भान्जी उपहार दिन सफिल भयौं।’ हिन्दुस्तान टाइम्स

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .