कारोबार


रोयल इनफिल्डको ‘रेसेस राइड’ आयोजना हुँदै

रोयल इनफिल्डको ‘रेसेस राइड’ आयोजना हुँदै

नेपालखबर
फागुन १४, २०७९ आइतबार २०:९, काठमाडौँ

सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रेसेस राइड’ कार्यक्रम आयोजन गर्ने भएको छ। 

यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टी अवार्नेस, राइड सेफ्टी अवार्डनेस’ र बन्दीपुरको इन्टरनल टुरिजम प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ। 

रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन्।

‘रेसेस राइड’ कार्यक्रम यही फागुन १९ र २० गते हुनेछ। फाल्गुन १९ गते विहान ६ बजे रोयल इनफिल्डको नक्साल शोरूमबाट सुरु हुने यो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनि–बेनिघाट–कुरिन्टार– मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदैसोही दिन बन्दीपुर पुग्नेछ। 

बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन। फागुन २० गते बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्य फर्किनेछन र कार्यक्रम समापन गरिने छ।

राइडरहरूले रोयल इन्फिल्डबाट विशेष उपहार पाउनेछन्भने फारम बुझाउने अन्तिम मिति फागुन १६ गते रहेको अल्फा अटोमोटिभ प्रालिले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad