अभिनेत्री बेनिशा हमालले दीपकराज गिरी तथा दीपाश्री निरौलाको फिल्म ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन्। फिल्म यही फागुन १९ देखि प्रदर्शनको तयारीमा छ। दीपक-दीपा फिल्मको प्रचारमा छन्। तर बेनिशा फिल्मप्रति उदासीन देखिएकी छन्।
बेनिशाले फिल्मको ट्रेलर र गीत सामाजिक सञ्जालमा सेयर त गरेकी छन् तर अन्य प्रचारमा उनको संलग्नता देखिँदैन। फिल्मको ‘दर्शन सलाम’बोलको गीत हिट भयो। यो गीतको दृश्यमा बेनिशा समेटिएकी छैनन्। फिल्ममा आइटम डान्स गरेर स्वस्तिमा चर्चामा छिन् तर फिल्मको शीर्ष भूमिकाका लागि भनेर अनुबन्ध भएकी बेनिशाको चर्चा छैन।
करिअर स्थापना गर्ने संघर्षमा रहेकी बेनिशालाई स्थापित ब्यानरमा काम गर्दा आफ्नो पनि चर्चा हुने आश थियो। तर उनको चर्चा सोचेजसरी हुन सकेको छैन। एकहिसाबले उनलाई फिल्म निर्माण टिमले जिल्ल पारेको अवस्था छ। ट्रेलरमा राम्रै स्थान पाए पनि बेनिशाको चर्चा हुन सकेको छैन।
यही बेला निर्देशक सिमोस सुनुवारले बेनिशाले दीपकरालाई बोकेको तस्बिर सार्वजनिक गर्दै नयाँ फिल्म निर्माणको संकेत गरेका छन्।
तस्बिर पोस्ट गर्दै उनले ‘झ्यानाकुटी २’ को संकेत गरेका हुन्। ‘छक्कापञ्जा ४’को प्रचारका रुपमा सेयर गरेको तस्बिरमा उनले ‘झ्यानाकुटी’को प्रसंग जोडेका छन्।
Shares
प्रतिक्रिया