नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ दिने ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’ नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा सम्पन्न गरेको छ।
कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन गरिएको हो।
कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे विवेचना गरी चालू आवको बाँकी अवधिको व्यावसायिक खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागीय प्रमुख तथा देशैभरबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
21
Shares
प्रतिक्रिया