कारोबार


प्रभु लाइफ इन्स्योरेन्स छैठौँ वर्षमा प्रवेश

प्रभु लाइफ इन्स्योरेन्स छैठौँ वर्षमा प्रवेश

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १८:९, काठमाडौँ

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ। 

कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको हो। 

यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ। 

उल्लिखित उद्देश्यअन्तर्गत कम्पनीले नेपालका ७७ जिल्लाभर कुल ८४ विद्यालय सञ्चालन गरिरहेको गैरनाफामूलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई रु. पाँच लाख रकम सहयोग प्रदान गरेको छ।

समता शैक्षिक गुठीअन्तर्गतको समता विद्यालय, जोरपाटीमा २०७९ मंसिर २८ गते बुधबार कार्यक्रमवीच उक्त गुठीका कार्यकारी निर्देशक दिपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेलगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो।

गत वर्ष पनि कम्पनीले यसै गैरनाफामूलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो।

यस गुठीले सञ्चालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक रु.१००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए। न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरीय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीले गरेको कार्यलाई सबै क्षेत्रबाट साथ सहयोगको आवश्यकता रहेको गुठी संचालक सदस्य दिपक संजेलले जनाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad