कारोबार


हिमालयन बैंकका ग्राहकलाई सेल्सबेरीमा नेपाल पेबाट भुक्तानी गर्दा छुट

हिमालयन बैंकका ग्राहकलाई सेल्सबेरीमा नेपाल पेबाट भुक्तानी गर्दा छुट

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १८:७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्द्धित नेपाल पे क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। 

हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच भएको सम्झौताअनुसार ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा एचआई–एमबी मोबाइल बैंकिङ्ग, कनेक्ट आईपीएस मोबाइल एप वा अन्य कुनै नेपाल पे क्युआर सुविधा भएको मोबाइल बैंकिङ्गबाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम सय रुपैयाँसम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

क्यासब्याकको अफर नेपाल भरिका सेल्सबेरी डिपार्टमेन्ट स्टोरका शाखाहरुमा मंसिर २५ देखि पुस ३० सम्म उपलब्ध हुने जनाइएको छ। 

चर्चित स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन प्रदान गर्ने बंैकको विश्वास छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .