ad ad

मधेस


मधेश प्रदेशसभा : दल थपिएसँगै व्यवस्थापनमा समस्या

मधेश प्रदेशसभा : दल थपिएसँगै व्यवस्थापनमा समस्या

जयन्त ठाकुर
मंसिर २५, २०७९ आइतबार १८:१०, जनकपुरधाम

मधेश प्रदेशमा दलको संख्या थपिएसँगै प्रदेशसभामा व्यवस्थापन गर्न समस्या हुने भएको छ। 

यसअघि ७ दलको प्रतिनिधित्व रहेको मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ।  

प्रत्यक्ष तथा समानुपातिक सबैको परिणाम आइसकेपछि मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको हो। दल संख्या बढेसँगै प्रदेशसभामा भौतिक पूर्वाधारको अभाव समस्याको रुपमा देखिएको प्रदेशसभाका सचिव रन्जित यादवले जानकारी दिए। भौतिक पूर्वाधारको अभाव हुँदा संसदीय दलको कार्यालय व्यवस्थापनमा समस्या हुने उनको भनाइ छ।

हाल प्रदेशसभामा सात दलको संसदीय कार्यालय रहेको छ। 

यस पटकको निर्वाचनबाट प्रदेशसभामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व हुने भएको छ। 

‘तीनै दलको संसदीय दलका नेताका लागि कार्यालय आवश्यक पर्छ’ सचिव यादवले भने,  ‘यसका लागि प्रदेशसभामा कोठा छैन। हाल सात दलका लागि संसदीय दलको कार्यालय व्यवस्थापन भएको छ, थपिएका दलका लागि कोठा अभाव हुनेछ।’  

यद्यपि सोको व्यवस्थापनका लागि लागिपरेको उनको भनाइ छ। 

नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागत, पहिलो बैठक संचालन लगायतको तयारीको विषयमा अहिलेसम्म अनौपचारिक छलफल मात्रै भएको यादवले बताए। 

‘दल थपिए पनि प्रदेशसभाको बैठक बस्न समस्या हुँदैन’ यादवले भने,  ‘प्रदेशसभा सचिवालयमा कोठा नै छैन। संसदीय दलको कार्यालय व्यवस्थापनका लागि हामीलाई छलफल गर्नुपर्ने छ।’ 

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट यस प्रदेशमा नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी कुल २३, नेपाली कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी कुल २२, जनता समाजवादी पार्टीले प्रत्यक्षमा ९ र समानुपातिकमा ६ गरी १५ तथा जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी कुल १३ सिट पाएको छ। 

त्यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९, नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी कुल ७ सिट पाएको हो। 

यता, राप्रपाले समानुपातिकमा २, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले १÷१ सिट पाउँदा ६ जना स्वतन्त्र उम्मेदवारहरू प्रत्यक्ष निर्वाचित भएका छन्। 

यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेस्रो दल बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .