ad ad

कारोबार


यात्रुलाई अलपत्र पारेको भन्दै नागरिक उड्डयनले वायुसेवा निगमलाई सोध्यो स्पष्टीकरण

यात्रुलाई अलपत्र पारेको भन्दै नागरिक उड्डयनले वायुसेवा निगमलाई सोध्यो स्पष्टीकरण

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १५:३२, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई स्पष्टीकरण सोधेको छ। 

उडान तालिका नलिई काठमाडौं–दिल्ली उडान गर्न लागेको भन्दै स्पष्टीकरण सोधेको हो। 

प्राधिकरणबाट उडान स्वीकृति नलिएको नेपाल वायुसेवा निगमको काठमाडौंबाट दिल्ली उड्ने उडान नं आरए २१७ का यात्रुहरुलाई विमानस्थलमा बोलाई यात्रुहरुलाई गन्तव्यमा नपुर्याई अलपत्र पारेको घटनाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। 

प्राधिकरणले २३ अक्टोबरमा नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरिएको तथा ३० अक्टुबर  वाट लागु हुने विन्टर सिजन सेडुलमा आइतबारको दिन सेडुल फ्लाइटको उडान नभए पनि सो उडानको यात्रुहरुलाई समयमै खबर गरेर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा सो कार्य नगर्नुको कारण, उडान नभएको दिनमा यात्रुहरुलाई विमानस्थलमा बोलाएर गैर कानुनी तरिकाले बोडिङ्ग पास समेत उपलब्ध गराएको स्पष्टीकरण सोधेको छ। 

प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरित प्राधिकरणवाट उडान अनुमति प्राप्त नगरेको कुनै पनि उडानको टिकट विक्री वितरण नगर्नरनगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान कार्यक्रम मात्र संचालन गर्नरगराउन हुन सम्पूर्ण बायुसेवा कम्पनीलाई निर्देशन गर्दै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .