अपराध


छठ मेलामा चक्कु प्रहार गरी किशोरको हत्या गरेको अभियोगमा ५ जना पक्राउ

छठ मेलामा चक्कु प्रहार गरी किशोरको हत्या गरेको अभियोगमा ५ जना पक्राउ

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १५:३९, काठमाडौँ

मोरङको उर्लाबारीमा चलेको छठ मेलामा चक्कु प्रहार गरी किशोरको हत्या गरेको अभियोगमा ५ जना पक्राउन परेका छन्।

आइतबार राति साढे १० बजेतिर झापाको दमक नगरपालिका १० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो। 

मोरङ उर्लाबारी नगरपालिका ७ स्थित मौवा खोलामा छैठ मेलामा छुरा प्रहार गरी घाइते बनाएका थिए। श्रेष्ठको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो। 

सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरु मध्ये तीन जना १७ वर्षका र २ जना १६ वर्षका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .