कारोबार


ब्रोकर कम्पनीका लागि ४५ कम्पनीको आवेदन

ब्रोकर कम्पनीका लागि ४५ कम्पनीको आवेदन

नेपालखबर
असोज ३१, २०७९ सोमबार २०:४०, काठमाडौँ

नयाँ ब्रोकर कम्पनीका लागि ४५ कम्पनीको आवेदन परेको छ। नेपाल स्टक एकस्चेन्ज ‘नेप्से’मा  ४५ कम्पनीको आवेदन परेको हो।

धितोपत्र बोर्ड ‘सेबोन’ले गत असोज २ गते ब्रोकर लाइसेन्सको लागि ३० दिने म्याद राखी आवेदन आह्वान गरेको थियो। ४५ वटा कम्पनी ब्रोकर कारोबार गर्नका लागि नेप्सेमा आवेदन दर्ता गराएका हुन्।

नेप्से मापदण्ड पुरा भएका बोर्ड नयाँ लाइसेन्सको लागि सिफरिस गर्छन।

यसरी नेप्सेमा दर्ता भएका कम्पनीहरुमा एलिट स्टक हाउस, जेबीएनएल सेक्युरुटिज, प्रोपर्टी वीजर्ड, पाही इन्भेष्मेन्ट, इन्डेक्स सेक्युरिटिज, मेगा स्टक मार्केट, एनआइसी एशिया सेक्युरिटिज, हिमालयन ब्रोकरेज, इफिनिटि सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, कलश स्टक मार्केट, एनएमबि सेक्युरिटिज, केबीएल सेक्युरिटिज, र मियो सेक्युरिटिज कम्पनी रहेका छन्। 

यस्तै, नेप्सेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल मार्केट सेक्युरिटिज, सन सेक्युरिटिज, मेगा क्यापिटल, जेबिएलएल सेक्युरिटिज, एसपिएसए सेक्युरिटिज, नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज र ट्रेड्मो सेक्युरिटिज कम्पनी नेप्सेमा दर्ता भएका हुन्।

अन्तिम दिनसम्म ब्रोकर कम्पनीको लाइसेन्स माग गर्दै सानिमा हब प्रालि, गरिमा सेक्युरिटिज, स्टक्स्काट्र्स सेक्युरिटिज, हातेमालो सेक्युरिटिज, सिबिआइ सेक्युरिटिज, इगल स्टक सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर कम्पनी, सन सेक्युरिटिज, सजिलो ब्रोकर सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर, ब्लुचिप सेक्युरिटिज, बेनी सेक्युरिटिज, रोडसो सेक्युरिटिज, सिजी ईन्भेष्टमेन्ट, म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट, मनि वल्र्ड शेयर एक्सचेन्ज, सेन्चुरी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, क्यापिटल हब, पाही इन्भेष्मेन्ट, आरबीबी सेक्युरिटिज, प्रभु स्टक मार्केट, एप्पल सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेज र सनराइज सेक्युरिटिज पनि लाइसेन्सको लागि पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad