ट्राफिक प्रहरीले बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा गरेको कारबाहीबाट ५ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
एक हजार ८१३ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गर्दा राज्यकोषमा पाँच लाख २८ हजार ५०१ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
66
Shares

प्रतिक्रिया