कारोबार


पोखरामा पनि एलजीका घरायसी उपकरण सार्वजनिक

पोखरामा पनि एलजीका घरायसी उपकरण सार्वजनिक

नेपालखबर
असार २१, २०८३ आइतबार ११:४३, काठमाडौँ

एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालिले आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा कास्कीको पोखरामा घरायसी उपकरण सार्वजनिक गरेको छ। 

एलजी एसेन्सियल सिरिजका घरेलु उपकरण सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

यसअन्तर्गत उपभोक्ताले एलजीका डबल डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टपलोड वासिङ मेसिन र रुम एयर कन्डिसनर खरिद गर्न सक्नेछन्। यी सिरिजको बिक्री वितरण यही जुनदेखि नै सुरु भइसकेको छ। 

यसका प्रारम्भिक मोडलहरुको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। 

यी उत्पादनहरु देशैभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टिब्रान्ड रिटेल आउटलेट र प्रमुख इकमर्स प्लेटफर्ममा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad