नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरी मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा हिँडेका छन्।
उनी कार्यकर्ताको मोटराइकल पछाडि बसेर प्रचारमा हिँडेका हुन्। चौधरीले आफ्नो सामाजिक सञ्जालमा राखेको फोटोमा लु ५६ प ९१५५ नम्बरको मोटरसाइकलमा सवार रहेको देखिएको छ। नेपालकै एकमात्र डलरअर्बपति मोटरसाइकलमा चुनावी अभियानमा हिँडेको भन्दै चर्चा भएको छ।
आफ्नो फोटोसँगै उनले अब अगाडि बढिसकेका पाइलाहरु नथाक्ने र नरोकिने भनेर लेखेका छन्। साथै, उनले सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनतामाझ पूर्ण समर्पित भएको उल्लेख गरे।
यस अघि समानुपातिकबाट सांसद भएर अहिले प्रत्यक्ष चुनाव लडेका उनले भनेका छन्, ‘हिजो म आफ्ना जनता माझ अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिए भने, आज प्रत्यक्षरुपमा जनताको घर आँगनमा छु।’

यस्तो छ उनले लेखेको स्टासस
अघि बढि सकेका...
मेरा यी पाइलाहरु अब न थाक्ने छन् न रोकिने नै छन्!
हिजो म आफ्ना जनता माझ
अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिएँ भने,
आज प्रत्यक्षरुपमा जनताको घर आगँनमा छु!
मलाई यो अवसर प्रदान गर्नु हुने सबैलाई
मेरो अन्तरमनदेखि कृतज्ञता व्यक्त गर्दै
मेरा पाखुरा, मेरा विवेक, मेरो बल बुद्धिलाई
समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनतामाझ पूर्ण समर्पित भएको छु,
देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी
गर्दै कृषकका हर समस्या समाधान गर्दै,
बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समय सापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ,
आफ्ना जनता, साथीभाइ अनि दाजुभाइकाबिच
उभिएको छु!
धेरै हेर्यौँ र पर्खियौँ
अब समृद्धि र विकासको सपना छिट्टै पूरा गरौँ!
म जनताको साथमा,
अनि देशको आमूल परिवर्तन हाम्रो साथमा!
Shares

प्रतिक्रिया