ad ad

कारोबार


सेयर विश्लेषक तिवारी सिरहा ४ बाट स्वतन्त्र पार्टीको उम्मेदवार

सेयर विश्लेषक तिवारी सिरहा ४ बाट स्वतन्त्र पार्टीको उम्मेदवार

नेपालखबर
असोज २५, २०७९ मंगलबार १५:५१, काठमाडौँ

सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका डा. बिमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। 

उनले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा भएका हुन्।

उम्मेदवारी दर्ता गरेपछि उनले आफ्नो उपस्थिति विद्यमान समयमा व्यक्तिगत सृजना र स्वार्थका कार्यभन्दा सामाजिक उत्तरदायित्व र जवाफदेहितालाई अर्थपूर्ण ठानेको बताएका छन्। 

आफूले यसपटकको चुनावमा जनताको तर्फबाट जनताको जित सुनिश्चित गर्न निश्चित लक्ष्यका साथ प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको उनले बताए।

आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता गरिएको थियो ।

उनी लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्। 

उनले भर्खरै भारतको मैसुर विश्व विद्यालयबाट मौद्रिक नीतिमा विद्याबारिधि गरेका छन् ।आफूले युवाहरुको आवाज संसदमा पुर्याउने भएकाले मतदाताले आफूलाई विजय गराउनेमा ढुक्क रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .