समाज


आमाको जन्मदिनमा बेसहारालाई मेयरको भोजन

आमाको जन्मदिनमा बेसहारालाई मेयरको भोजन

नेपालखबर
असोज २५, २०७९ मंगलबार १५:५८, काठमाडौँ

सर्लाहीको हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले आमाको जन्मदिनमा असहाय नागरिकलाई भोजन गराएका छन्। 

आमा टंका बुढाथोकीको ८४ औँ जन्मदिनको अवसरमा मेयर बुढाथोकीले हरिवन- १ कैलाशपुरीमा अवस्थित मानव सेवाश्रमका असहायलाई सोमबार रातिको भोजन गराएका हुन्। 

आश्रममा ५० जना भन्दा धेरै वेसहाराको बसोबास छ। आफन्त नभएका, आफन्तले बेवास्ता गर्दा सडकमा पुगेका, सडकमै जन्मिएका बेसहाराको आश्रममा बसोबास छ।

यसअघि हरिवन ९ नयाँरोडमा भाडाको घरमा सञ्चालन हुँदै आएको मानव सेवाश्रम यही असोज १५ गतेदेखि कैलाशपुरीस्थित जेष्ठ नागरिक आवास भवनमा सारिएको हो।

दाताहरुको सहयोगबाट सञ्चालन हुँदै आएको आश्रमको संरक्षणको दायित्व हरिवन नगरपालिकाले लिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .