ad ad

कारोबार


लक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच स्वपुँजी लगानीसम्बन्धी सम्झौता

लक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच स्वपुँजी लगानीसम्बन्धी सम्झौता

नेपालखबर
असोज ५, २०७९ बुधबार १८:१०, काठमाडौँ

निजी इक्विटी र ऊर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

ऊर्जा डेभलपर्स नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था हो भने लक्ष्मी क्यापिटल मार्केट लिमिटेड भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था हो। 

समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र ऊर्जा डेभलपर्सका तर्फबाट प्रबन्धनिर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन्। 

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पु¥याइरहेको ऊर्जा डेभलपर्ससँग सहकार्र्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए। 

ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्त गदै लक्ष्मी क्यापिटलसँगको यस सम्झौताले ऊर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनीअन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .