नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सिन्धुलीकाे ठोकर्पा आधारभूत अस्पतालका दातालाई सम्मान तथा अभिनन्दन गरेको छ।
सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेसन बिचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको थियो।
सुनकोशी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष श्री कुमार शाहीको मूख्य आतिथ्यता तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्शेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको जनाएको छ।
सो समारोहमा अस्पताल व्यवस्थापन बाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो।
Shares

प्रतिक्रिया