कर्णाली


विद्यालयको तालिम सञ्चालन रकममा भ्रष्टाचार, अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा

विद्यालयको तालिम सञ्चालन रकममा भ्रष्टाचार, अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा

नेपालखबर
भदौ २६, २०७९ आइतबार २२:४, सुर्खेत

दैलेखको चामुण्डा माध्यमिक विद्यालयलाई तालिम सञ्चालन गर्नुपर्ने रकममा भ्रष्टचार गरेको भन्दै  ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित उक्त विद्यालयलाई आफैंले सञ्चालन गर्नुपर्ने तालिम इलाइट इन्फ्रास्ट्रक्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रा.लि. काठमाडौंलाई दिएको भन्दै उजुरी दर्ता गरिएको हो।

तालिम परिषद् प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन का.मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का संचालक गरी ११ जनामाथि सार्वजनिक सम्पत्ति हानि नोक्सानी र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

निजी संस्थाका संचालक समेतसँगको मिलेमतोमा सरकारी सम्पत्ति हानिनोक्सानी पु¥याउने नियतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ।

उजुरी उपर अनुसन्धान हुँदा परिषद्ले विना सूचना र प्रतिष्पर्धा आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिएको खुलेको र मिलेमतोमा तालिम संचालन गर्न दिएको खुलेको छ।

अख्तियारका अनुसार छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरुको योग्यता तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको देखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad