राष्ट्र बैंकले ८ प्रतिशत आर्थिक वृद्धिदर र ७ प्रतिशत मुद्रास्फीतिलाई कायम राख्ने भएको छ।
मौद्रिक नीतिले नेपाल सरकारको बजेट वक्तव्य २०७९÷८० ले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको हो।
नेपाल जस्तो सानो र आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले सुविधाजनक स्तरमा विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्दै माग पक्षबाट मूल्यमा चाप पर्न नदिई लक्षित आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।
66
Shares

प्रतिक्रिया