नेपाल राष्ट्र बैंकले उत्पादन मुलक र निर्यातजन्य क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा वितरण गर्ने व्यवस्था ल्याएको छ।
आज मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिदिएको हो।
उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने राष्ट्र बैंकले जनाएको छ।
मौद्रिक नीतिमा भनिएको छ, ‘हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिनेछ।’
366
Shares

प्रतिक्रिया