कारोबार


महिन्द्राको नेपालमा नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक, बजारमा आउन समय लाग्ने

महिन्द्राको नेपालमा नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक, बजारमा आउन समय लाग्ने

नयाँ महिन्द्रा स्कोर्पियो। तस्बिर : विक्रम राई


नेपालखबर
असार १४ , काठमाडौँ

महिन्द्राले आफ्नो लोगो परिवर्तन गरेको छ। महिन्द्राले नेपालमा नयाँ लोगो सहितको  स्कोर्पियो एन सार्वजनिक गरेको छ।  

एसयुभी डिजाइन रहेको डिजेल र पेट्रोल इन्जिनमा नयाँ स्कर्पियो सार्वजनिक गरेको छ। अटोमेटिक र म्यानुअल ड्राइभमा रहेको छ। 

कम्पनीले नयाँ गाडीको मुल्य भने सार्वजनिक गरेको छैन। अग्नि  ग्रुपका प्रवन्ध निर्देशक श्रेष्ठले अहिले नेपालमा गाडी सार्वजनिक गरेपनि बुकिङ तत्काल नखुल्ने बताए। उनले गाडीको मूल्य कति हुने केही समयपछि मात्रै थाहा हुने जानकारी दिए।

उनले अहिलेको स्कोर्पियो भन्दा लुक्स देखि पावर सबै फरक रहेको बताए। 

प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले २० वर्षअघि स्कोर्पियो नेपालमा ल्याएको ल्याएको बताउँदै सुरूमा विक्री अप्ठारो भएपनि संविधानसभापछि स्कर्पियोको विक्री ह्वात्तै बढेको बताए। 

श्रेष्ठले अहिले स्कर्पियो नेपालका हरेक ठाउँमा पुगेको बताएका छन्। उनले नेपालमा ८० भन्दा बढी सर्भिस सेन्टर रहेको बताएका छन्। 

नेपालमा महिन्द्राले ३० वर्षमा ७५ हजार बढी ग्राहक बनाएको बताएको छ।  भारतपछि नेपालमा सबै भन्दा बढी स्कर्पियो बिक्री हुने महिन्द्राले जानकारी गराएको छ। 

फक्सवागनसँगको सहकार्यमा अगस्टमा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दै छ।

असार १३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad