युनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि.को सञ्चालक समिति अध्यक्षमा रविभक्त श्रेष्ठ चयन भएका छन्।
यही जेठ २३ को २८औँ वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित सदस्यहरुले श्रेष्ठलाई अध्यक्ष चुनेको कम्पनीले जनाएको छ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति यही जेठ २६ गते अध्यक्ष श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
सोपश्चात कम्पनीको केन्द्रीय कार्यलयमा बसेको सञ्चालक समितिको बैठकमा अन्य सञ्चालकहरुले अध्यक्ष श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ गरेको कम्पनीले जनाएको छ।
21
Shares

प्रतिक्रिया