कारोबार


क्यान महासंघको नयाँ कार्यसमिति चयन

क्यान महासंघको नयाँ कार्यसमिति चयन

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ८:५७,

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको तेह्रौं महाधिवेशन तथा २६औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।

मंसिर ७ गते सम्पन्न साधारणसभाले नवराज कुँवर नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन गरेको हो। कुँवर प्रतिस्पर्धी सुनैना पाण्डेको भन्दा १२ प्रतिशत बढी ल्याएका छन्।

क्यान महासंघको उपाध्यक्षमा रणजितकुमार पोदार, खुसल रेग्मी, रत्नतारा तुलाधर (बैद्य) र रेशम गिरि निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा नारायणबहादुर थापा चुनिए ।

सचिवमा राजेन्द्रप्रसाद अर्याल, रेगबहादुर भण्डारी, चिरञ्जीवी अधिकारी, शेखरनाथ दुलाल, ठाकुरकुमार श्रेष्ठ, भुपालदास श्रेष्ठ, दिपेन्द्रकुमार सिंह, जगनबहादुर गुरुङ, दलबहादुर खड्का र हर्कबहादुर सेटि विजयी भएका छन् । कोषाध्यक्षमा डा पवनकुमार शर्मा निर्वाचित भए ।
क्यान महासंघको साधारणसभाबाट २२ जना कार्यकारिणी सदस्य निर्वाचित भएका छन् ।

अरुणकुमार बंसल, उमेश रघुबंशी, गुणकेशरी प्रधान, सुमनलाल प्रधान, अमित अग्रवाल हेमपाल श्रेष्ठ, चन्द्रविलास भुर्तेल, सुषमा शर्मा (वस्ती), नविन जोशी, भोजराज भट्ट, श्रीधर मरासिनी, बुद्धरत्न मानन्धर, प्रताप सापकोटा, रेभा राज भण्डारी, सर्मिला भुजेल, सरिता सिंह, भुपेन्द्र मैनाली, भानुभक्त शर्मा, कृष्णप्रसाद पौडेल, ध्रुवराज शर्मा, भीम मल्ल, खेमराज ढुंगाना कार्यकारिणी सदस्यमा विजयी भएका हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad