कारोबार


मेगा बैंकलाई आईएसओ प्रमाण–पत्र

मेगा बैंकलाई आईएसओ प्रमाण–पत्र

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ८:४९,

मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ। ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो।

अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार प्रमाणपत्र प्रदान गरेको हो।

सञ्चालनको छोटो अवधिमै एक लोकप्रिय एवं प्रतिष्ठित संस्थाको परिचय बोक्न सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो।

तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ। मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटीएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु छन्।

बैंकको आफ्नै विप्रेषण प्रविधि मेगा रेमिटको देशभर लगभग २,५ सयभन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad