नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ समितिले आफ्नो काम आइतबारदेखि थालेको छ।
आइतबार नै निलम्बित गभर्नर अधिकारीले सर्वोच्च अदालतमा छानबिन समितिसहित सरकारविरुद्ध रिट दायर गरेका थिए।
सरकारले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्न गत चैत २४ मा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ को उपदफा १ बमोजिम पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो।
समिति गठनसँगै उनी निलम्बनमा परेका थिए। समितिले उनलाई बर्खास्त गर्ने नगर्नेबारे १ महिनामा निर्णय दिनेछ।
यता गभर्नर अधिकारीले भने आफ्नो निलम्बन फुकुवा गर्नुपर्ने रिटमा माग गरेका छन्।

45
Shares

प्रतिक्रिया