ad ad

कारोबार


ओप्पो र एरिक्सनद्वारा संयुक्त फाइभजी ल्याब सञ्चालनमा

ओप्पो र एरिक्सनद्वारा संयुक्त फाइभजी ल्याब सञ्चालनमा

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ८:२९,

ओप्पोले अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी एरिक्सनसँग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ। यो सहकार्यले फाइभजी क्षेत्रमा दुई कम्पनीबीचको सहकार्यलाई अझ गहिरो र सटिक बनाउने अपेक्षा गरिएको छ।

नयाँ ल्याबमार्फत ओप्पो र एरिक्सनले वैश्विक सहकार्य झल्काउने, एक अर्कासंग अत्याधुनिक फाइभजी प्रविधि आदान प्रदान गर्ने तथा फाइभजी उत्पादन तथा नेटवर्क परफरमेन्स सुदृढ बनाउँदै वैश्विकस्तरमा फाइभजीको बृहत्त तैनातीमा सघाव पु¥याउने उद्देश्य लिइएको छ। 

‘एरिक्सनसंग फाइभजी ज्वाइन्ट ल्याब सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ’, ओप्पोका भीपी तथा सफ्टवेयर इञ्जिनियरिङका अध्यक्ष एण्डि वुले भने, ‘यो पहलले एरिक्सनको फाइभजी नेटवर्क तथा पूर्वाधार प्रविधि र यसको वैश्विक सञ्चालक सञ्जाललाई ओप्पोको अनुभव र फाइभजी मानक विकास, प्रविधि र प्रयोग अवस्था लगायत माथिको विशेषज्ञताले अझ अघि लान सक्नेमा हामी आशावादी छौँ।’

त्यस्तै एरिक्सनका उपाध्यक्ष तथा हेड अफ नेटवकर््स् फर नर्थ ईस्ट एसिया, लुका ओर्सिनीले रणनीतिक दृष्टिकोणले यो साझेदारी ओप्पो र एरिक्सन दुवैका लागि निकै महत्वपूर्ण रहेको बताए।

ओप्पो र एरिक्सन फाइभजी प्रविधिको विकासका लागि निकै तत्परताका साथ सहकार्य गरिरहेका छन् । फाइभजी यूगमा गहिरो सहकार्यका लागि बलियो जग बसाउने सोचका साथ दुवै कम्पनीले ग्लोबल प्याटेन्ट लाइसेन्समा हस्ताक्षर पनि गरिसकेका छन्।

सन् २०१८ को तेस्रो क्वार्टरदेखि नै दुवै कम्पनीले फाइभजी उत्पादनको ब्यवसायिक उपलब्धताका लागि ओप्पोका ह्याण्डसेट्स तथा एरिक्सनका स्विडेन, जर्मनी र चीनका लोकल अपरेटर पार्टनर्सका फाइभजी पूर्वाधारमा संयुक्तरुपमा फाइभजी परीक्षण गरिरहेका छन्।

यही वर्षको सुरुवातमा आयोजित एमडब्लयूसी २०१९मा ओप्पो र एरिकसनले संयुक्तरुपमा अवलोकनकर्ताहरुका लागि फाइभजी समार्टफोन र क्लाउड गेमिङ सिनेरियोको प्रदर्शनी पनि गरिसकेको छ। ओप्पो फाइभजी स्मार्टफोन्सको विकास तथा लोकप्रियताका लागि निरन्तर अग्रपंक्तिमा रहँदै आइरहेको छ। सन् २०१९ ‘मे’ महिनामा ओप्पोले आफ्नो नवप्रबर्तनात्मक रेनो फाइभजी मोडल स्विट्जरल्याण्डमा सार्वजनिक गर्दै यूरोपमै ब्यवसायिकरुपमा उपलब्ध गरिएको पहिलो फाइभजी फोनको उपाधि पाउन सफल भइसकेको छ।

यो उत्पादन, लगतै यूके, अष्ट्रेलिया, इटाली र विश्वका अन्य बजारमा समेत निकै लोकप्रियताका साथ सार्वजनिक गरिसकिएको छ। फाइभजी अंगिकरणले ब्यापकता पाउने क्रममा रहेको अवस्थामा ओप्पोले विश्वकै पहिलो क्वालकमबाट सञ्चारित डुअल मोड फाएभजी स्मार्टफोन यही बर्षको अन्त्य सम्म सार्वजनिक गर्ने तयारी समेत गरेको छ। यसमार्फत वैश्विक स्तरमा रहेका आफ्ना उपभोक्तालाई अझ सुदृढ र सटिक अनुभव प्रदान गर्ने कम्पनीले लक्ष्य लिएको छ।

फाइभजी ईन्टेलिजेन्ट कनेक्टिविटीको यूगमा ओप्पोले फाइभजीका लागि उत्पादनको विकास, प्राविधिक रिसर्च, मानक तथा प्रयोग सिनेरियोका लागि आफ्नो लगानीलाई निरन्तर्ता दिने तथा एरिक्सन जस्ता अग्रणी पार्टनर्सहरुसंग सहकार्य गर्दै फाइभजीका थप क्षमता तथा सम्भावना अध्ययन गरी विश्वभरका प्रयोगकर्ताका लागि नवप्रवर्तनात्मक भ्यालु उपलब्ध गराउने लक्ष्य लिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .