सीएनएनका अनुसार सन् २०१९ र सन् २०२० को तलबमा कटौती हुनेछ।
बोइङले घाटा व्यहोरेपछि कार्यकारी अधिकृतको तलबमा कटौती गर्ने बोइङका नयाँ प्रमुख डेभ कालहोउनले बताएका हुन्।
सीएनबीसीसँगको अन्तर्वार्ताका क्रममा डेभले बोइङको दुई जेट म्याक्स ७३७ विमान दुर्घटनापछि कम्पनीले ठूलो घाटा व्यहोरेको बताए।
गतवर्ष र यसै वर्षको मार्च महिनामा म्याक्स विमान दुर्घटनामा परेपछि विश्वभर यस मोडलका विमानहरु ग्राउन्डेड गरिएका छन्।
बोइङले ग्राउन्डेड भएका विमानको क्षतिपूर्ति स्वरुप ५ अर्ब अमेरिकी डलर आफ्ना ग्राहक कम्पनीलाई तिर्ने योजना बनाएको छ।
प्रतिक्रिया