ad ad

कारोबार


नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालखबर
असोज २१, २०७८ बिहिबार १२:२१, काठमाडौँ

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२१/०२२ मा ३.९ प्रतिशतले वृद्धि हुने अनुमान प्रक्षेपण गरेको छ। 

कोरोना भाइरसविरुद्धको खोप अभियान बढिरहेको र पर्यटन तथा वैदेशिक रोजगारीमा सुधार आइरहेकोले उक्त दरले आर्थिक वृद्धि हुने विश्व बैंकले जनाएको छ। 

विश्व बैंकले दक्षिण एसियामा सन् २०२१ र ०२२ मा ७.१ प्रतिशतले आर्थिक वृद्धि हुने जनाएको छ। यस क्षेत्रको अर्थतन्त्र महामारीबाट तंग्रिरहेको पनि विश्व बैंकको भनाइ छ। 

कोरोनाको लहर नसकिए पनि यो वर्षको दोस्रो त्रैमासिकमा देशहरुले आर्थिक क्षेत्रमा यसको प्रभाव कम गर्न सफल भएको विश्व बैंकले बताएको छ। 

कुन देशको कति आर्थिक वृद्धिदर? 
भारत : ८.३ प्रतिशत (२०२१/२०२२) 

माल्दिभ्स : २२.३ प्रतिशत (सन् २०२१) 
श्रीलंका : ३.३ प्रतिशत (२०२१) 
बंगलादेश : ६.४ प्रतिशत (२०२१/२०२२) 
भुटान : ३.६ प्रतिशत (२०२१/२०२२) 
नेपाल : ३.९ प्रतिशत (२०२१/२०२२ 
पाकिस्तान : ३.४ प्रतिशत (२०२१/२०२२) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .