Draft


डडेल्धुरा शाखाको भवन भत्काएकोप्रति महासंघको आपत्ति

डडेल्धुरा शाखाको भवन भत्काएकोप्रति महासंघको आपत्ति

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ११:१४,

नेपाल पत्रकार महासंघ डडेलधुरा शाखा र सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रको भवन डिभिजन वन कार्यालयको नेतृत्वमा भत्काउने र क्षति पुर्‍याउने काम भएकोमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

डडेलधुरा शाखाका अनुसार विभिन्न निकाय र सरोकारवालासँग समन्वय र सहकार्य गरेर शाखाको नाममा भोगाधिकार रहेको जग्गामा रहेको तीन तले पक्की भवन वैशाख १६ गते प्रहरी बल प्रयोग गरी डोजर लगाएर भत्काउने र क्षति पुर्‍याउने काम भएको छ।

‘कुनै पनि वहानामा शाखाको भोगाधिकार रहेको जग्गामा निर्माण भएको भवन भत्काउनु तथा क्षति पुर्‍याइएको यो घटना निन्दनीय हुनुका साथै कानुनविपरीतको कार्य हो’ महासघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरी भनेका छन्।

महासंघले घटनाको छानबिन गरी भवनमा पुर्‍याइएको क्षतिको क्षतिपूर्तिसहित शाखाको भवन उपभोग गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad