ad ad

Draft


उपप्रधानमन्त्रीबाट हटाइएपछि पोखरेलको वक्तव्य : ‘अध्यक्षसँग कुराहरू भएका छन्, उहाँको आशयलाई बुझ्ने प्रयत्न गर्दैछु

उपप्रधानमन्त्रीबाट हटाइएपछि पोखरेलको वक्तव्य : ‘अध्यक्षसँग कुराहरू भएका छन्, उहाँको आशयलाई बुझ्ने प्रयत्न गर्दैछु

नेपालखबर
जेठ २३, २०७८ आइतबार ५:२६,

उनले अब कसरी अघि बढ्ने भन्नेबारे पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भएको र सोहिअनुसार अघि बढ्ने बताएका छन्।

उपप्रधानमन्त्री पदबाट शुक्रबार हटाइएका नेकपा–एमाले महासचिव ईश्वर पोखरेलले आफ्नो कार्यकाल र आगामी योजनाबारे धारणा सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डलमा व्यापक फेरबदल गर्दै पोखरेल लगायतका एमाले मन्त्रीहरुलाई हटाएका थिए।

उनी २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षा मन्त्री र २०७८ जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहेका थिए।

सर्वोच्च अदालतको फैसलापछि एमाले पार्टी ब्युँतिएसँगै पोखरेलको महासचिव पद पनि ब्युँतिएको थियो।

सरकारमा उपप्रधानमन्त्री पदमा रहेर पनि उल्लेख्य र प्रभावकारी उपस्थिति देखाउन नसकेका पोखरेलले अब आफू पार्टीको काममा केन्द्रित रहने बताएका छन्।

उनले अब कसरी अघि बढ्ने भन्नेबारे पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भएको र सोहिअनुसार अघि बढ्ने बताएका छन्।

‘उहाँसँग यस सम्वन्धमा कुराहरू भएका छन्। उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु,’ उनले आइतबार सामाजिक सञ्जालमा राखेको जानकारीमा उल्लेख छ।

यस्तो छ पोखरेलको वक्तव्यः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .