Draft


कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन, विपिन जोशी रिहाइका लागि सहयोग माग

कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन, विपिन जोशी रिहाइका लागि सहयोग माग

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छिन्।तस्बिरः परराष्ट्र मन्त्रालय


नेपालखबर
माघ १, २०८१ मंगलबार १३:२३, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छिन्। 

परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकी थिइन्। हामासले रिहा गर्न लागेको बन्दकको हालै प्रकाशित सूचीमा भने विपिनको नाम छैन।

इजरायल र हामासबीच युद्धविरामका लागि चलिरहेको वार्तामा सकारात्मक संकेत देखिएको भन्दै मन्त्री राणाले आज हुने वार्ताले बहुप्रतिक्षित युद्धविराम हुने विश्वास व्यक्त गरिन्। 

‘हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेकी छु,’ टेलिफोन वार्तापछि राणाले फेसबुकमालेखेकी छिन्, ‘यसै अन्तर्गत आज कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेँ। उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरुलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो। यसबाट थप आशावादी भएका छौँ।'

कतारका राज्यमन्त्रीले नेपालसँगको आफ्नो सम्बन्धलाई उच्च मूल्यांकन गरेको भन्दै उक्त वार्तामा विपिनको पनि कुरा राख्ने आश्वासन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad