ad ad

Draft


आर्थिक विवादमा मुछिएका सोह्रखुट्टेका डीएसपी खड्का परिसर तानिए

आर्थिक विवादमा मुछिएका सोह्रखुट्टेका डीएसपी खड्का परिसर तानिए

नेपालखबर
जेठ २३, २०७८ आइतबार ९:५२,

महानगरीय प्रहरी वृत सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएका छन्।

आर्थिक विवादमा मुछिएपछि डीएसपी खड्कालाई त्यहाँबाट हटाएको स्रोतले जनाएको छ।

महानगरीय प्रहरी कार्यालय रानिपोखरीले उनलाई केही महिना पहिले स्पष्टिकरण सोधेको थियो। ठमेल क्षेत्रमा सञ्चालित रात्रि व्यवसाय ढिलासम्म खोल्न दिएको महानगरीय प्रहरी कार्यालयको अनुगमन टोलीले फेला पारेपछि उनलाई स्पष्टिकरण सोधिएको थियो।

कमजोरी भेटिएपछि उनलाई फिर्ता बोलाइएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले बताए।

शुक्रबार महानगरीय प्रहरी कार्यालयले उनलाई नसियत दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .