Draft


प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा बरु विपक्षी दलका देउवा गए तर सभामुख सापकोटा गएनन्

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा बरु विपक्षी दलका देउवा गए तर सभामुख सापकोटा गएनन्

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ४:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन्।

प्रधानमन्त्री ओलीले बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका थिए। बिहान साढे ९ बजेसम्म प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित रहेको स्रोतले जनाएको छ।

समन्वयन अभाव, पर्याप्त गृहकार्य नभएको भन्दै उनले बैठकमा सहभागिता नजाउने भएका हुन्।

व्यवस्थापिका आफैँमा सार्वभौम संस्था हो। बैठकका विषयमा समन्वयनको अभाव देखियो, सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, त्यसैगरी पर्याप्त गृहकार्य र पूर्वतयारी पनि कम छ। संवैधानिक परिषदको बैठकमा उपस्थित हुन पठाएको पत्रमा विषयवस्तु खुलाइएको थिएन।

आइतबारको बैठक पनि सभामुख सापोकोटा र विपक्षी दलका नेता देउवा अनुपस्थित रहेका थिए। आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीले मंगलबार बैठक बस्ने जानकारी गराएका थिए। संवैधानिक परिषद ऐन २०६६ मा बैठकको विषयको बारेमा ४८ घण्टाअघि जानकारी गराउनु गर्ने व्यवस्था छ।

आइतबारको बैठकमा पनि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएनन्। जसले गर्दा गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको थियो।

६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित ५ जना सदस्यको उपस्थिति हुनुपर्ने व्यवस्था छ।

प्रतिनिधिसभाको उपसभामुख पद एक वर्षदेखि रिक्त रहेकाले पाँच सदस्यमध्ये एक जना मात्रै अनुपस्थित हुँदा गणपुरक संख्या नपुग्ने देखिन्छ।

संवैधानिक परिषद् ऐन २०६६ को दफा ६ को उपदफा ३ मा अध्यक्ष र अन्य चार सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।

‘अध्यक्ष र कम्तीमा चार अन्य सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ,’ ऐनमा भनिएको छ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था संविधानमा छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएका हुन्। अहिले अख्तियारलगायत विभिन्न आयोगमा प्रमुख तथा आयुक्त गरी ४५ पद रिक्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad