राजनीति


संवैधानिक परिषद बैठक : देउवा गए, सापकोटा गएनन्

संवैधानिक परिषद बैठक : देउवा गए, सापकोटा गएनन्

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ४:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएका छन्।

मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका थिए। बिहान साढे नौ बजेसम्म प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित रहेको स्रोतले जनाएको छ।

समन्वयन अभाव, पर्याप्त गृहकार्य नभएको भन्दै सापकोटा बैठकमा सहभागी नभएका हुन्। ‘व्यवस्थापिका आफैँमा सार्वभौम संस्था हो। बैठकका विषयमा समन्वयनको अभाव देखियो,’ सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘त्यसैगरी पर्याप्त गृहकार्य र पूर्वतयारी पनि कम छ।’

संवैधानिक परिषदको बैठकमा उपस्थित हुन पठाएको पत्रमा विषष बस्तु खुलाइएको थिएन्।

आइतबारको बैठक पनि सभामुख सापोकोटा र विपक्षी दलका नेता देउवा अनुपस्थित रहेका थिए। आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीले मंगलबार बैठक बस्ने जानकारी गराएका थिए। संवैधानिक परिषद ऐन २०६६ मा बैठकको विषयको बारेमा ४८ घण्टाअघि जानकारी गराउनु गर्ने व्यवस्था छ।

आइतबारको बैठकमा पनि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएका थिएनन्। जसले गर्दा गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad