Draft


अमेरिकी प्रतिवेदनपछि नेपाली सेनालाई इजरायलीको विशेष सैन्य तालिम

अमेरिकी प्रतिवेदनपछि नेपाली सेनालाई इजरायलीको विशेष सैन्य तालिम

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १३:१४,

अमेरिकाको विदेश मन्त्रालयले नेपाल भारतीय आतंकबादी समूहको आश्रयस्थल बनिरहेको प्रतिवेदन सार्वजनिक गरेको केहि हप्तापछि आतंकबाद बिरुद्धको कारबाहीका लागि विश्वमै कहलिएको इजरायली सेनाले नेपाली सेनालाई विशेष सैन्य तालिम दिएको छ।

नेपाली सेनाको युद्धभैरब गणमा इजरायली सेनाको विशेष टोलीले आतंकबाद बिरुद्धको सैन्य कारबाही, आतंकबादीबाट हुनसक्ने हवाईजहाज अपहरण र महत्वपूर्ण व्यक्ति तथा स्थानको सुरक्षासम्बन्धी तालिम दिएको हो।

नेपाली सेनाको प्रतिआतंकबाद कारबाहीका लागि स्थापना भएको भैरबनाथ ‘घ’ लाई इजरायली सेनाले तालिम दिएको हो। युद्धभैरब गण महाराजगञ्जमा आईतबारदेखि सुरु भएको सो तालिम बुधबार समापन भएको छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकबादसम्बन्धी प्रतिवेदनमा अति संवेदनशील बिषय उठाएपछि नेपाली सेनाले त्यस बिषयलाई गंभिररुपमा लिएको बताए। उनले नेपाली सेनाको प्रतिआतंकबाद युनिटलाई धेरै पहिला समेत इजरायली सेनाले नै तालिम दिएको बताए।

‘प्रतिआतंकबाद केन्द्रित बिशेष तालिम चार दिनसम्म चलेको हो,’ प्रवक्ता पाण्डेले नेपालखबरसँग भने ‘इजरायली सेनासँग यस बिषयमा लामो अनुभव छ, त्यो साटासाट पनि भएको हो।’ उनका अनुसार बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि इजरायलका राजदूत बेनी ओमारको उपस्थितीमा तालिमको समापन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .