ad ad

राजनीति


अमेरिकी प्रतिवेदनपछि नेपाली सेनालाई इजरायलीको विशेष सैन्य तालिम

अमेरिकी प्रतिवेदनपछि नेपाली सेनालाई इजरायलीको विशेष सैन्य तालिम

दीपक खरेल
मंसिर ११, २०७६ बुधबार १३:१४,

अमेरिकाको विदेश मन्त्रालयले नेपाल भारतीय आतंकबादी समूहको आश्रयस्थल बनिरहेको प्रतिवेदन सार्वजनिक गरेको केहि हप्तापछि आतंकबाद बिरुद्धको कारबाहीका लागि विश्वमै कहलिएको इजरायली डिफेन्स फाेर्सले नेपाली सेनालाई विशेष सैन्य तालिम दिएको छ।

नेपाली सेनाको युद्धभैरब गणमा इजरायली सेनाको विशेष टोलीले आतंकबाद बिरुद्धको सैन्य कारबाही, आतंकबादीबाट हुनसक्ने हवाईजहाज अपहरण र महत्वपूर्ण व्यक्ति तथा स्थानको सुरक्षासम्बन्धी तालिम दिएको हो।

नेपाली सेनाको प्रतिआतंकबाद कारबाहीका लागि स्थापना भएको भैरबनाथ ‘घ’ लाई इजरायली सेनाले तालिम दिएको हो। युद्धभैरब गण महाराजगञ्जमा आईतबारदेखि सुरु भएको सो तालिम बुधबार समापन भएको छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकबादसम्बन्धी प्रतिवेदनमा अति संवेदनशील बिषय उठाएपछि नेपाली सेनाले त्यस बिषयलाई गंभिररुपमा लिएको बताए। उनले नेपाली सेनाको प्रतिआतंकबाद युनिटलाई धेरै पहिला समेत इजरायली सेनाले नै तालिम दिएको बताए।

‘प्रतिआतंकबाद केन्द्रित बिशेष तालिम चार दिनसम्म चलेको हो,’ प्रवक्ता पाण्डेले नेपालखबरसँग भने ‘इजरायली सेनासँग यस बिषयमा लामो अनुभव छ, त्यो साटासाट पनि भएको हो।’ उनका अनुसार बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि इजरायलका राजदूत बेनी ओमारको उपस्थितीमा तालिमको समापन भएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रतिआतंकवाद तथा एण्टिहाईज्याकिङ्ग सम्बन्धी कारबाहीमा उत्कृष्ट मानिने इजरायली प्रतिआतंकवाद टोलीले लामो समयको अन्तरालपछि नेपाली विशेष फौजलाई उक्त तालिम प्रदान गरेको हो।

Nepal Army Israel 2

तालिम निरीक्षणको क्रममा प्रधानसेनापति थापाले आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम रहेको र यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा अन्तरप्रणाली (इन्ट्रोप्रोबाबिलिटी) सहकार्य क्षमता बढाउने अवसर प्रदान भएको बताए।

अमेरिकाले वर्षेनी सार्वजनिक गर्ने देशहरुको आतंकबादी सूचीको २०१८ को प्रतिवेदनमा नेपालमा भारतीय आतंकबादी संगठनहरुले नेपालमा आश्रय लिने गरेको बताएको थियो।
अमेरिकी विदेश मन्त्रालयले १५ कात्तिकमा सार्वजनिक गरेको आतंकवादसम्बन्धी विभिन्न राष्ट्रसम्बन्धी (कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८) प्रतिवेदनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई समेत घरेलु आतंकबादीका रूपमा प्रस्तुत गरेको छ।

Nepal Army Israel 1

नेपालमा सन २०१८ मा कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी गतिविधि नभएको भएपनि विप्लवको गतिविधिले आन्तरिक आतङ्कवादका घटना नरोकिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनको एउटा अंशमा नेपाललाई आतंकवादको खतरनाक बिन्दुमा रहेको उल्लेख गर्दै भारतमा उत्पत्ती भएको आतंकवादी समूह इन्डियन मुजाहिद्दीन (आईएम) को आश्रय बन्दैगएको दाबी गरिएको छ।

भारतमा सन २००७ मा उपस्थित देखिएको आईएमका संस्थापन अध्यक्ष यासिन भट्कल नेपालमा पक्राउ परेपछि यहाँ यसको बलियो आश्रयस्थल रहेको अनुमान अन्तर्राष्ट्रिय संघसंस्थाले गर्दै आएका छन्। आईएमलाई २०१० मा भारतले र २०११ मा अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .