कारोबार


विश्व वैंकद्वारा नेपाललाई २ अर्ब ७४ करोड अनुदान

विश्व वैंकद्वारा नेपाललाई २ अर्ब ७४ करोड अनुदान

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १३:०,

विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि यो वर्ष पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ।

बुधबार अर्थ मन्त्रालयमा अर्थ सचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक फरिस एच हादाद जेरोभ्स एक कार्यक्रमका बीच अनुदान सहायतामा हस्ताक्षर गरे। सम्झौता अनुसार विश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि २ अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउने भएको छ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत यो वर्ष ७० लाख बिद्यार्थी, एकलाख असि हजार शिक्षक र तीस हजार बढी सामुदायिक बिद्यालयमा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुने सम्झौतामा उल्लेख छ।

यस्तै विश्व बैंकले नेपाली युवालाई स्वरोजगार बनाउन भन्दै युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना सञ्चालन गर्न पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ। यो परियोजना सञ्चालनको लागि १३ अर्ब ६३ करोड अनुदान सहायता उपलब्ध गराउने भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग पुग्नेगरी यो परियोजना सञ्चालन हुनेछ। देश भरि ७५३ वटा रोजगार सेवा केन्द्रको स्थापना गरि एक लाख बढी युवालाई रोजगार दिने सरकारको लक्ष रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad