गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।
आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त अध्यक्षमा निर्वाचित भएका हुन्। यसको औपचारिक घोषणा भने हुन बाँकी नै छ।
एनआरएनएको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन भएको थियो। बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो। राति अबेरदेखि मात्रै मतगणना शुरु भएको थियो। निर्वाचनमा कसरब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि दुई हजार ३४४ मत खसेको थियो।
त्यस्तै उपाध्यक्ष बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। बाँकी दुई उपाध्यक्षहरूको भने मतपरिणाम आइसकेको छैन।
त्यस्तै महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन्।
निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी रहेका थिए।

प्रतिक्रिया