समाज


छिञ्चुमा आधुनिक बसपार्क निर्माण हुने

छिञ्चुमा आधुनिक बसपार्क निर्माण हुने

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ५:५६,

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिञ्चु बजारमा आधुनिक बसपार्क निर्माण हुने भएको छ।

पछिल्लोपटक बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिका–१२ मा पर्ने २.१५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि बसपार्क निर्माणको बाटो खुलेको हो।

छिञ्चुमा बसपार्क नहुँदा सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ।

संघीय सरकारले वन क्षेत्र प्रयोग गर्न अनुमति दिएसँगै नगरपालिकाले निर्माण प्रक्रिया अघि बढाउने भएको छ। उपप्रमुख रेणु आचार्यले रुख कटानका साथै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माणको काम शुरु गर्ने जानकारी दिए।

भेरी र कर्णाली करिडोरलाई यातायात सञ्जालसँग जोड्ने छिञ्चु सुर्खेतको दोस्रो ठूलो बजार हो। कोहलपुर, नेपालगञ्जबाट कर्णालीका विभिन्न जिल्ला पुग्नलाई छिञ्चुकै बाटो प्रयोग गरिन्छ। वन क्षेत्र प्रयोग गरेबापत नगरपालिकाले सोही क्षेत्र बराबरको जग्गामा वृक्षरोपण गर्ने योजना बनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad