राजनीति


मन्त्रिमण्डल हेरफेरका विषयमा कुरै भएको छैनः प्रचण्ड

मन्त्रिमण्डल हेरफेरका विषयमा कुरै भएको छैनः प्रचण्ड

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ५:२२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेरको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताएका छन्।

शुक्रबार धनगढीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सरकार परिवर्तको विषयमा कुरै नभएको बताए। उनले सरकार परिवर्तनका विषयमा आफूलाई नसोधे हुन्थ्यो जस्तो लाग्ने गरेको समेत बताए। उनले भने, ‘सरकार परिर्वतनको कुरा मलाई नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ। यो प्रधानमन्त्रीको क्षेत्राधिकारभित्रको कुरा हो। उहाँले जे सोच्नुहून्छ त्यही हुन्छ।’

उले आफू पनि पार्टी अध्यक्ष भएका कारण सल्लाह भने हुने बताए। उनले अहिले मिडियामा आएजस्तो यो जाने भयो र त्यो आउने भयो भन्ने कुरामा सत्यता नभएको बताए।

‘अस्तिमात्रै प्रधानमन्त्री र मेरो बीचमा कुरा हुँदा हामीले कुरै गरेका छैनौँ, मिडियामा जातिबित्तिनै आइरहेको छ भनेर प्रधानमन्त्रीजीले नै मलाई भन्नुभयो’, अध्यक्ष प्रचण्डले भने, ‘हामीबीचमा यो विषयमा अहिले कुनै ठोस कुरै भएको छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad